तुलसीपुर नगर स्तरीय फुटबल सुरु, वडा नं. १५ को बिजयी सुरुवात

तुलसीपुर । दाङ तुलसीपुरको दमारगाउँमा आज मंगलबारदेखि नगर स्तरीय पुरुष फुटबल प्रतियोगिता २०७९ सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को आयोजनामा संचालित प्रतियोगीताको कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष वीरबहादुर बिकले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिकले स्वास्थ्य र अनुशासनको मुख्य मेरुदण्ड सिङ्गो खेलकुद क्षेत्र भएको बताए । खेलकुद क्षेत्र मानव जीवनको अभिन्न अंग हो, यसको उच्च आदर्शलाई बचाई राख्न वडाले वार्षिक क्यालेन्डरमै कार्तिक १५ लाई खेलकुद महोत्सवका रुपमा मनाउने निर्णयका साथ अगाडि बढेको बताए । अब वडाले आगामी वर्षदेखि कार्तिक १५ लाई खेलकुद महोत्सवकै रुपमा मनाउँछ महोत्सवमा सहभागी हुने वडाले त्यसको अग्रिम तयारी थाल्न पनि उने आग्रह गरे ।

उद्घाटन समारोह प्रतियोगीता संचालन समितिका संयोजक राजेन्द्र गुरुङको अध्यक्षता तथा वडा अध्यक्ष वीर बहादुर बिकको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य टेकबहादुर बिक, लुम्बिनी प्रदेश फुटबल संघका मानार्थ उपाध्यक्ष प्रेम प्रकाश मल्ल, दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष सुशील श्रेष्ठको बिशिष्ठ आतिथ्य भएको थियो । आयोजक वडा न ३ का कार्यालय सचिब तुलाराम केसीको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

यसैबिच प्रतियोगिता अन्तरगत आज मंगलवार भएको खेलमा वडा नं १५ ले बिजयी यात्रा सुरु गरेको छ । वडा नं. १० लाई सुन्यका विरुद्ध एक गोलले पराजित गर्दै वडा न १५ ले बिजयी सुरुवात गरेको हो । खेलको दोश्रो हाफ्को ३१औ मिनेटमा जर्सी नं. १२ का रेशम चौधरीले गरेको गोल नै निर्णायक गोल सावित भयो । प्रतियोगिता अबधिभर रेफ्रीको भूमिकामा एन्फा रेफ्री शिवहरी शर्मा, खुम बहादुर वलि र बिनोद बिक रहेका छन् ।
प्रतियोगिता अन्तरगत बुधवार बिहान सात बजे हुने पहिलो खेलमा वडा नं. ७ र वडा न १४ भिड्नेछ । त्यस्तै दोस्रो खेलमा वडा नं. १२ र ४ भिड्ने प्रतियोगिताका संयोजक राजेन्द्र गुरुङले जानकारी दिए । एक सातासम्म चल्ने प्रतियोगितामा नगर क्षेत्रका १२ टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस