अनुशासित समाज खेल क्षेत्रबाटै सम्भव : नगरप्रमुख खड्का 

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले अनुशासित समाज निमार्णमा खेल क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए । 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० को आयोजनामा सोमबारदेखि सुरु भएको वडाध्यक्ष कपको उद्घाटन गर्दै नगरप्रमुख खड्काले खेल क्षेत्रले समाजलाई अनुशासित तुल्याउन र समग्र क्षेत्रको इज्जत प्रतिष्ठा बढाउनका लागि महत्वपूर्ण योगदान रहेको बताए ।
 
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका खड्काले तुलसीपुर क्षेत्रका खेलाडीहरूले पछिल्लो समयमा राष्ट्रियस्तरमै कीर्तिमान कायम राख्ने कार्य भएकाले अब यो क्षेत्र खेलकुद र खेलाडीका लागि महत्वपूर्ण क्षेत्र रहने बताए । उनले पालिकाको समग्र खेल क्षेत्रको विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्दै आएको बताए । 

वडाध्यक्ष यमराज केसीको अध्यक्षता एवम् नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमामा सुरु भएको खेल कात्तिक २ गते समापन गरिने बताइएको छ । कार्यक्रमको सञ्चालन वडा सचिव कर्णबहादुर हमालले गरेका थिए । 

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस