दाङकी निशा चौधरीको अर्को राष्ट्रिय कीर्तिमान

दाङ ।  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्समा दाङकी निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन । उनले एथलेटिक्सको सय मिटर महिला दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

हिट चरणमा उनले कीर्तिमान बनाइन् । यसअघि देविमाया पनेरुको नाममा १२ दशमलव १९ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको चौधरीले सो दूरी १२ दशमलव १५ सेकेन्डमा पूरा गरिन् ।

आठौँ सागमा इलेक्ट्रिकल टाइम हो भने अहिलेको समय ह्यान्ड टाइम हो । 

प्रकाशित मिति : २०७९ असोज २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस