लुम्बिनी प्रदेश महिला फुटबल टिम बन्द प्रशिक्षणमा

दाङ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को तयारीका लागि लुम्बिनी प्रदेश महिला फुटबल टिम बन्द प्रशिक्षणमा रहेको छ । दाङ जिल्ला फुटबल संघ र जिल्ला खेलकुद बिकास समिति दाङको सहकार्यमा बेल्झुण्डी रंगशालामा असोज २४ गतेदेखि तीन दिने बन्द प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो ।
भोली बुधबारसम्म चल्ने प्रशिक्षणमा दाङ जिल्लाका ८ र लुम्बिनी प्रदेशका अन्य जिल्ला बाँके, रुन्देही, गुल्मी, बर्दियाका गरि २० जना महिला खेलाडी अभ्यासरत रहेको लुम्बिनी प्रदेश महिला फुटबल प्रशिक्षक जनक केसीले जानकारी दिए ।
अभ्यासरत लुम्बिनी प्रदेशको टिमले यहि असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरामा हुन गईरहेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ सहभागिता जनाउनेछ ।
बन्द प्रशिक्षणको प्रशिक्षकमा लुम्बिनी प्रदेश महिला फुटबल प्रशिक्षक जनक केसी र पुर्व राष्ट्रिय खेलाडि तथा स्कुल स्पोट्र्स एकाडेमीका प्रशिक्षक सुधिर गुरुङ रहेका छन् । यसैबिच भोली बुधबार दिउँसो एक कार्यक्रमको आयोजना गरि लुम्बिनी प्रदेशको खेलाडी, टिम कोच र टिम म्यानेजरसहित २२ सदस्यीय टोलीलाई बिधाई गरिनेछ ।