वातासिनो कप फुटबलको उपाधी वडा ७ लाई

दाङ । दाङको तुलसीपुरमा संचालित तुलसीपुर नगर स्तरीय वातासिनो कप फुटबल प्रतियोगिता २०७९ को उपाधी वडा नं. ७ ले जितेको छ । नेपाल कम्युनिष्ट पार्टी युवा जन स्वयंसेवक नेपाल दाङको आयोजना तथा दाङ वातासिनोको सहयोगमा संचालित प्रतियोगिताको आज शनिबार सम्पन्न फाईनल खेलमा वडा नं. ६ लाई ट्राईबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै वडा नं. ७ ले उपाधी जितेको हो । उपाधीसँगै उसले नगद ५० हजार, कप मेडल तथा प्रमाणपत्र हात पा¥यो ।

फाईनलमा सम्मानजनक हार ब्यहोरेको वडा नं. ६ उपबिजेतामा सिमित रहदै नगद २५ हजार, मेडल प्रमाणपत्रमा चित्त बुझौन बाध्य भयो । अरनिको मैदानमा भएको कडा शानदार अनि रोमाञ्चक खेलको फस्ट हाफ्को सुरुवातमै वडा नं. ६ का जर्सी नं. ७ का टार्जन गिरिले पहिलो गोल गर्दै टिम लाई १–० को अग्रता दिलाए । कडा प्रतिस्पर्धात्मक खेलको ३१औ मिनेटमा बिवेक रसाईलिको पासमा वडा नं. ७ का जर्सी नंं. १० का निशान बालान क्षेत्रीले जवाफी गोल गर्दै टिम लाई १–१ को बराबरीमा पु¥याए । निर्धारित समयसम्म दुबै टिमबाट थप गोल हुन नसके पछि खेलको नतिजा ट्राईबेकर बाट निकालिएको थियो ।

फुटबल खेलको बिकास र प्रवद्र्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रमा १९ वडाका १६ टिमको सहभागिता रहेको थियो । यसैबिच प्रतियोगिताको समापन समारोह नेपाल कम्युनिष्ट पार्टी बहुमतको संगठन युवा जन स्वयंसेवक नेपाल दाङका अध्यक्ष अजय दुलालको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी बहुमतको संगठनका केन्द्रिय सदस्य एवं एवं युवा जन स्वयंसेवक नेपालका केन्द्रिय फ्रयाक्सन ईन्चार्ज दिपक चलाउने को प्रमुख आतिथ्यमा भएको थियो । सो अबसरमा दाङको फुटबलको विकासमा प्रशिक्षण मार्फत खेलाडी उत्पादनमा महत्वपुर्ण योगदान र्पुयाउने फुटबलका पुर्व राष्ट्रिय खेलाडी सुधिर गुरुङ र दाङ जिल्ला फुटबल संघका एन्फा प्रशिक्षक दुर्गा राजलवट लाई कदर पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै प्रतियोगितालाई भब्य एवं सभ्य तवरले सम्पन्न गर्न महत्वपूर्ण सहयोग पु¥याउने संघसंस्था तथा ब्यक्तीहरुलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको संचालन लिलाधर परियारले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस