आयाम बहुद्देश्यीय सहकारी संस्था गढवाको आठौ साधारण सभा

गढवा । आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवा देउखुरी दाङको आठौं वार्षिक साधारणसभा आज गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओमप्रकाश बस्यालको सभापतित्व एवम् गढवा गाउँपालिका उपाध्यक्ष शारदा चौधरीको प्रमुख आतिथ्यतामा तथा बहुउद्देश्यीय सहकारी संघ दाङका अध्यक्ष कृष्ण गौतमको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा, उपाध्यक्ष चौधरीले संस्था सुबल र सुदृढ बनाउन, सामाजिक उतरदायिसहित चलेको संस्स्थाको सफलताको शुभकामना व्यक्त गरेका थिइन् ।

गाउँपालिकाबाट हुने हरेक सहकारी सम्बन्धी कार्यक्रममा गाउँपालिकाको शत प्रतिशत सहयोग हुने प्रतिबद्धतासमेत व्यक्त गरेकी थिइन् । कार्यक्रममा बिशिष्ट अतिथिको आसनबाट बोल्दै बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष गौतमले संस्था बलियो अवस्था रहेको प्रतिबेदनबाट प्रष्ट हुने धारणा राखेका थिए भने केहि सहकारीहरू परिवारवादमा चलेको, सहकारी ऐन विपरित चलेकाले समस्या ग्रस्त भएको उल्लेख गर्दै विधि र विद्यानमा चल्ने सहकारी समस्यामा नरहेको र आयाम बहुउद्देश्यीय सहकारी मजबुत अवस्थामा रहेकोले शेयर सदस्यहरू निर्धक्क रूपमा बचत तथा ऋणको कारोवार गर्न आग्रह गरेका थिए ।

संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा कुल आम्दानी ४३ लाख ३६ हजार ५ सय ५७ रुपैयाँ २४ पैसा रहेको छ भने खर्च ३८ लाख २८ हजार १सय ९६ रुपैयाँ ९७ पैसा रहेको छ भने ५ लाख ८ हजार ३ सय ६० रुपैयाँ २७ पैसा नाफा भएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

सबैभन्दा बढी आम्दानी ऋण लगानी गरेर व्याज बाफत २१ लाख २८ हजार ९ सय ७८ रुपैयाँ ७१ पैसा गरेको छ भने खर्च तर्फ सबै भन्दै बढी खर्च एम्बुलेन्स सञ्चालन गर्दा ८ लाख ५२ हजार ५ सय ८४ रुपैयाँ ५३ पैसा खर्च गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को अहिले सम्मको मासिक, दैनिक, ऐच्छिक, बाल र आवधिक बचत गरी कुल बचत १ करोड ४६ लाख ५८ हजार ५ सय ८५ रहेको जनाएको छ ।

त्यसैगरी कार्यक्रममा ८ जना उत्कृष्ट विधाका सदस्यहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारीको रूपमा संस्थाका लेखा प्रमुख बालिका पौडेल, उत्कृष्ट बचतकर्ता राजन खनाल, पुर्णबहादुर क्षत्री, उत्कृष्ट कारोवार कर्ता पुना पुन, ईश्वर नारायण चौधरी, बाल बचत कर्ता मा डेभिट पौडेल, आयुशा चौधरी र नियमित बचतकर्ताको रूपमा राजपुर ५ का अवधेश यादवलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नं. ५ का अध्यक्ष लेखबहादुर थापा, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढा, देउखुरी सामुदायि पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष ओभा पाठक, चेतनशिल महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शकुन्तला डि।सि।, सहकारी संजालका दामोदर ढुङ्गाना, रेडियो साझा आवाजका प्रबन्ध निर्देशक दुखहरण यादवलगायतले बोलेका थिए ।

संस्थाका सचिव श्याम बहादुर चौधरीले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष कालि प्रसाद चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष ओम प्रकाश बस्यालले बोल्दै सहकारीमा खाता खोल्दा, बितिय कारोवार गर्दा सदस्यता लिदा संस्थाको अवस्था बुझेर मात्र शेयर खरिद तथा सदस्यता लिनु पर्ने कुरामा जोड दिए । संस्था परिवार वाद तथा नितिमा चले समस्या ग्रस्त हँुदै नहुने बताउँदै अध्यक्ष बस्यालले सहकारीहरू नीति नियममा चल्नु पर्नेमा जोड दिए ।

संस्थाको लेखा प्रमुख बालिका पौडेलको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव श्यामबहादुर चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस