दाङ बन्यो प्रदेश स्तरीय एथलेटिक्स च्याम्पियन

दाङ । नवौ राष्ट्रिय खेलकुद २०७९ को लुम्बिनी प्रदेश स्तरीय एथलेटिक्स छनोट प्रतियोगितामा दाङ जिल्ला च्याम्पियन भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा दाङको बेल्झुण्डीमा भएको प्रतियोगितामा १५ स्वर्ण, ५ रजत र ३ कास्य पदक हात पार्दै दाङ जिल्ला च्याम्पियन भएको हो ।

त्यस्तै ६ स्वर्ण, ४ रजत र ९ कास्य पदकका साथ बर्दिया जिल्ला द्वितिय हुँदा कपिलवस्तु जिल्ला ४ स्वर्ण, ४ रजत र २ कास्य पदक हात पार्दै तृतिय भयो । त्यस्तै बाँके जिल्ला ३ स्वर्ण, १४ रजत र ३ कास्य पदकका साथ सान्त्वना भयो । यसैबिच छ्नोट प्रतियोगिताको समापन समारोह दाङ जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष पाल्पी चौधारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो । सो अवसरमा बिजेता जिल्ला तथा खेकाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस