पिपल चौतारी सहकारीको साधारणसभा

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका १६ फचकलुवामा रहेको पिपल चौतारी कृर्षि सहकारी संस्थाको आज १०औं साधारणसभा भएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले सहकारीमा थोरै लगानीबाट भविष्यमा धेरै पुँजी हुने बताइन् । उनीले विभिन्न युवाहरुले रोजगारी पाउने र गाउँ समाज पनि विकसित हुनेमा जोड दिइन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष शिवानन्द डिसीले सहकारीले जनताको विरुद्धमा काम गर्न नहुने बताए । उनले समान काम गर्ने सहकारीहरु मर्ज हुन आवश्यक रहेको समेत उनले बताए । वडामा ६ वटा सहकारी भएको भन्दै एउटै उद्देश्य, कार्यक्रम एउटै भए मर्ज हुनुपर्ने बताए । सबै सहकारी संस्थाहरुलाई एउटा बनाएर कार्यसमिति एउटा बनाएमा सहकारीलाई समृद्ध बनाउन लाग्नु पर्ने समेत उनको भनाई छ ।

संस्थाका उपाध्यक्ष कविराम वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव यज्ञमुर्ति गौतमले गरेका थिए । संस्थाका कोषाध्यक्ष रुद्रबहादुर खत्रीले आर्थिक र अध्यक्ष अमरबहादुर खड्काले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैबिच सभाले खड्काकै अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । जस्को उपाध्यक्षमा कविराम वली, सचिवमा यज्ञमुर्ति गौतम, कोषाध्यक्षमा रुद्धबहादुर केसी रहेका थियो ।

त्यस्तै सदस्यहरुमा कमल खड्का, शोभा केसी, खुमा बुढाथोकी, लिलाधर केसी र कल्पना सुनार चयन भएका छन् । त्यस्तै रमेशबहादुर बस्नेतको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा कृतिबहादुर डाँगी र बिरबल केसी चयन भएका छन् । संस्थाको हालको पुँजी ३७ लाख ३० हजार रहेको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस