सरकारले फेरि बढायो डिजेल र मट्टीतेलको मूल्य

काठमाण्डौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमकाअनुसार डिजेल र मट्टितेलको मूल्य बढेको छ ।

डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८ पुगेको छ भने मट्टितेलको मूल्य पनि १७८ रुपैयाँ पुगेको छ । मट्टितेलको मूल्य पनि यसअघि प्रतिलिटर १७२ रुपैयाँ थियो ।

यो पटक  डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँका दरले बढेको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस