रमना पाठशालामा रक्तदान कार्यक्रम सम्पन्न

घोराहि / घोराहि उपमहानगरपालीका वडा नं १२ मा रहेको रमना पाठशालामा रक्तदान कार्यक्रम सम्पन्न भएकोछ । यस रमना पाठशाला घोराही –१२ , रमनाको जुिनयर रेडक्रस सर्कलको आयोजनामा रक्तदान जीवन दान भन्ने मुल नाराका साथ विद्यालयमा रक्तदान कार्यक्रम गरीएको हो । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र दाङको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा कुल ३८ युिनट रगत संकलन गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र दाङका प्राविधिक प्रमूख श्री ठाकुर पौडेलको प्रमखू आतित्थ्यता तथा ज.ुरे.स.रमना पाठशालाका अध्यक्ष मनोज वि.क. को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नोहित बम रसाइलीले गरेका थिय भने कार्यक्रमको बारेमा विद्यालयका अध्यक्ष श्री टिकाराम खड्का र प्राविधिक प्रमूख श्री ठाकुर पौडेलले प्रष्ट पारेका थिय ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र दाङका प्राविधिक प्रमखू श्री ठाकुर पौडेलले विद्यालयका अध्यक्ष श्री टिकाराम खड्कालाई ब्लड ब्याग हस्तारन्तरण गरि सुरु गरिएको कार्यक्रमा सहभागी सम्पुर्ण रक्तदाता तथा प्राविधिकहरुलाई सञ्चालक तथा व्यवस्थापकिय निर्देशक विष्णु हमाल र सञ्चालक सपना बुढाले टिका तथा प्रमाण पत्र वितरण गरेका हुन । साथै कार्यक्रममा विद्यालयका सञ्चालक तथा विद्यालय संयोजक मोहित मगरले सहभागीहरुको प्रमाण पत्रको डिजाइन तथा कक्षा ९ का सम्पूर्ण छात्रछात्राहरुले स्वयंम सेवकको भूमिकामा कार्य सम्पादन गरेका थिय ।