८ सय ८८ जना नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर ८ सय ८८ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ जनाको स्वास्थ्य परिक्षण हुँदा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो । बितेको चौबिस घण्टामा ४ सय ७४ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । सोही समयमा एक जना संक्रमितको मृत्यु भएको छ ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३८७ रहेको छ । 

प्रकाशित मिति : २०७९ साउन ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस