थप ९३४ जनामा कोरोना, एकको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४९८ तथा एन्टिजेन विधिबाट ४३६ जनामा गरी ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ । 

कोरोनाबाट आज ४७० जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या पाँच हजार ६८६ पुगेको छ ।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस