आज ७१० जना कोरोना संक्रमित भेटिए

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ७ १० जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा गरिएको ५ हजार २५ जनाको परीक्षणमा ७ सय १० जनामा संक्रमण पुष्टि भएको हो।  आज २ जना संक्रमितको पनि मृत्यु भएको छ भने २ सय १५ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ४ हजार २३६ जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौंमा २२ सय ९९ जना, ललितपुरमा ४३९ र भक्तपुरमा ६८ जना रहेका छन्। देशभर हाल ३३ जना संक्रमित आइसियू र ३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ भने १५६ जना संस्थागत आइसोलेशन तथा ४ हजार ८० जना होम आइसोलेशनमा रहेका छन्।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस