अरनिको, न्यु होराइजन र ज्ञानज्योति सेमिफाइनलमा

दाङ । अरनिको माबी, न्यु होराइजन र ज्ञानज्योति कलेज दाङको तुलसीपुरमा जारी अन्तर कलेज स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०७९ को सेमिफाइनलमा प्रवेश गरेका छन् । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा सञ्चालित प्रतियोगिताको आज बिहीबार सम्पन्न खेलमा भिमसेन माबी सैवाङ रोल्पालाई २५–२१, २५–१८ को सोझो सेटमा पराजित गर्दै अरनिको माबी नुवागाउँ रोल्पा सेमिफाइनल प्रवेश गरेको हो ।
त्यस्तै राप्ती प्राबिधिक शिक्षालय लालमटियालाई २५–८, २५–८ को सोझो सेटमा पराजित गर्दै न्यु होराईजन बुटवल रुपन्देहीले सेमिफाइनल यात्रा सुरक्षित ग¥यो । उल्लेख्य दर्शकको उपस्थितिमा भएको तेस्रो क्वाटर फाईनलमा शिदेश्वरी माबी रुपन्देहीलाई २९–२७ र २५–१२ को सोझो सेटमा पराजित गर्दै ज्ञानज्योती कलेज तुलसीपुरले सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगिता अन्तरगत शुक्रबार बिहान बागेश्वरी एकाडेमी कोहलपुर बाँके र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम बिच अन्तिम क्वाटर फाईनल खेल हुनेछ । खेल बिहान ८ बजे हुनेछ ।
यसैबिच सुक्रबार बिहान हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा अरनिको माबी नुवागाउँ रोल्पा र ज्ञान ज्योती कलेज तुलसीपुर भिड्नेछन् भने अन्तिम क्वाटर फाईलको बिजेता सँग न्यु होराईजन रुपन्देही सेमिफाइनलमा भिड्ने राप्ति किङ प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिए ।
नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवद्र्धनसँगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ, बाँके, रुपन्देही, रुकुम पश्चिम, सल्यान र रोल्पा जिल्लामा स्थापित कलेजका २० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार, १ सय ११ रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगीता मुल आयोजक समितिका सदस्य सन्तोष राना ले जानकारी दिए । प्रतियोगीता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडीलाई पुरस्कृत गरिनेछ । सर्बाेउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर, सर्बर, स्पाइकर र लिब्रोलाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।