अन्तर कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु, शिदेश्वरी, अरनीको र मुसिकोटको बिजयी सुरुवात

दाङ । दाङको तुलसीपुरमा आजदेखि अन्तर कलेज स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०७९ सुरु भएको छ । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा प्रशिक्षण केन्द्रको आफ्नै खेल मैदानमा संचालित प्रतियोगीता र प्रशिक्षण केन्द्रको पुर्व सिंचाई मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गिरीले खेलकुदको विकास स्थानीयस्तरबाटै हुनुपर्ने बताए ।

मावन समाज र अनुशासनको मुख्य मेरुदण्ड खेलकुद हो यसको बिकास स्थानीयस्तरमै हुनुपर्छ अब स्थानीय तह पनि सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक छ गिरीले भने । एउटा पुर्व खेलाडीको अनुभव सेयर गरेका गिरीले खेल बिकासमा आफू लागि पर्ने बताए । कार्यक्रमका बिशिष्ट अतिथि लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिब जयप्रकाश भट्टराईले खेलकुदको बिकासमा स्थानीय सरकार गम्भिर नभएको बताए ।

निजी क्षेत्र खेलकुद क्षेत्रमा लगानी गर्न इच्छुक भई रहदा स्थानीय निकायले खेल क्षेत्रलाई हेर्ने दृष्टीकोण फराकिलो बनाउन नसकेको बताए । अब खेलकुदमा स्पष्ट लगानीको खाँचो छ, स्थानीय तहको खेलकुद हेर्ने स्थानीय सरकार नै हो यसर्थ यथेष्ट बजेट छुट्याएर खेल बिकासमा जुट्न आग्रह गरे । सो अबसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारी, दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष धुर्व आचार्य, लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागी लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

राप्ती किङ प्रशिक्षण केन्द्रका सल्लाहकार केदार राज श्रेष्ठको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए । यसैबिच प्रतियोगीताको आज पहिलो दिन अरनीको माबी रोल्पा, शिद्देश्वरी माबी रुपन्देही र मुसिकोट बहुमुखी क्याम्पस कलङ्गाले बिजयी सुरुवात गरेका छन् । भोली बुधबार बिहान ७ बजे न्यु होराईजन रुपन्देही र जनश्रम माबी खाद्रे भिड्नेछन् । भने दोश्रो खेल भिमसेन माबी र गोरखा माबी ब्लु बिच हुनेछ ।

नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवद्र्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ, बाँके, रुपन्देही, रुकुम पश्चिम, सल्यान र रोल्पा जिल्लामा स्थापित कलेजका २० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता र तृतीय स्थान हाँसिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार, १ सय ११ रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगीता मुल आयोजक समितिका सदस्य सन्तोष रानाले जानकारी दिए । प्रतियोगीता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडीलाई पुरस्कृत गरिनेछ । जस अनुसार सर्बाेउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर, सर्बर, स्पाइकर र लिब्रोलाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस