अबदेखि विद्यालयमा मास्क अनिवार्य !

काठमाडौं । पछिल्ला केही दिनयता कोभिड–१९ संक्रमणको जोखिम दिनप्रति दिन बढि रहेको छ । कोरोना संक्रमणको जोखिम अझै बढ्न सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैमा अपिल गरेको छ ।

मन्त्रालयले विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भिडभाड हुने प्रकृतिका व्यवसायिक तथा मनोरञ्जन स्थल लगायत सार्वजनिक स्थलमा अनिर्वाय रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । यस्तै मन्त्रालयले सबै सरकारी तथा गैर सरकारी कार्यालयहरु पनि मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस