थप ४३५ कोरोना संक्रमित फेला

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा ३ हजार ५६९ नमुना परीक्षणमा ४३५ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार ६६७ पीसीआरमा ३१७ र १ हजार ९०२ एन्टीजेन परीक्षणमा ११८ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार ३९१ जना संक्रमित फेला परेका थिए । २४ घण्टामा ५६ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार ५२७ रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस