पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार ३ हजार ९८१ नमुना परीक्षणमा ३९१ जना संक्रमित फेला परेका हुन् । २ हजार ५६२ पीसीआरमा ३४० र १ हजार ४१९ एन्टीजेन परीक्षणमा ५१ जना संक्रमित देखिएका हुन् । २४ घण्टामा ४६ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा खोप लगाउनेको संख्या १ लाख २१ हजार ५१५ रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस