कुल बजेटको ठूलो रकम खर्च हुन सकेन

दाङ । दाङमा संघ र प्रदेश सरकारले विनियोजन गरेको कुल बजेटको ठूलो रकम खर्च हुन सकेको छैन । जसका कारण ठूलो रकम विकासमा खर्च हुन नसक्दा फिर्ता भएको छ ।

संघको तर्फको विनियोजित रकम ५ अर्ब ५१ करोड ५३ लाखमध्ये ३ अर्ब ५१ करोड ५३ लाख मात्रै खर्चं भएको छ । पूँजीगत खर्च ६५ प्रतिशत खर्च भएपनि ३५ करोड बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरीले जानकारी दिए ।

यस्तै, प्रदेशको विनियोजित रकम १ अर्ब ६ करोड ११ लाख मध्ये १ अर्ब ३९ करोड ९० लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो कुल बजेटको ६२ प्रतिशत खर्च भएपनि ३ प्रतिशत फ्रिज भएको हो ।

समग्रमा दाङमा आर्थिक वर्ष २०७८÷०७९ मा संघ र प्रदेश सरकारको गरेर तीन अर्ब २६ करोड दुई लाख ५१ हजार सात सय २५ रुपैयाँ विकास बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ ।

फ्रिज भएको रकममध्ये संघीय बजेटतर्फ एक अर्ब ८६ करोड ११ लाख ७० हजार पाँचसय ७९ र प्रदेशतर्फ एक अर्ब ३९ करोड ९० लाख ८१ हजार एक सय ४६ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस