२६० जनामा संक्रमण पुष्टि

काठमाडौं । गत २४ घन्टामा देशभर २ सय ६० जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ८४४ जनामा गरिएको परीक्षणमा २ सय ६० जना संक्रमित भेटिएका हुन्। आज ४८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार १७१ जना सक्रिय संक्रमित रहेका छन्। जसमा उपत्यकाको काठमाडौंमा ७ सय २६ भक्तपुरमा १५ र ललितपुरमा ९० जना रहेका छन्।
पछिल्लो समय नेपालमा कोभिड संक्रमण पुन बढ्न थालेको देखिन्छ। बुधबार २ सय ६ जना संक्रमित भेटिएकामा बिहीबार २ सय ६० जनामा संक्रमण पुष्टि भएको हो। यसअघि शनिबार १०२ जना संक्रमित भेटिएका थिए भने आइतबार १ सय २१ जना भेटिएका थिए। सोमबार १ सय ६८ जना संक्रमित भेटिएका थिए। हाल देशभर १४ जना संक्रमितको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस