जाँच सरकारीमा, औषधि निजीमा

सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधिको अभाव भएको छ । गाउँपालिकाले खरिद गरेर पठाउनुपर्ने औषधि समयमा नपठाउँदा छत्रेश्वरीका सबै स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएको हो ।

अहिले स्वास्थ्य संस्थामा पुगेका विरामीहरु औषधि नै नपाएर खाली हात फर्किन बाध्य भएका छन् । स्वास्थ्य संस्थाहरुका स्टोर खाली भएका छन् भने स्वास्थ्यकर्मीहरु बिरामी जाँच गरेर औषधि लिन निजी क्लिनिकमा पठाउन बाध्य भएका छन् ।

मौसम परिवर्तनसँगै ज्वरो, पखाला, आउँमासीलगायतका समस्या भएका बिरामीहरु स्वास्थ्य संस्थामा जाने भए पनि जीवनजलसमेत नहुँदा उनीहरु निजी मेडिकलबाट किन्न बाध्य भएका छन् । यहाँका सरकारी स्वास्थ्य संस्थामा जीवनजल, ब्रोफिनजस्ता औषधि छैनन् ।

प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरा, स्वास्थ्य चौकी झिम्पे, स्वास्थ्य चौकी दमाचौर, स्वास्थ्य चौकी छायाँक्षेत्र, आधारभूत स्वास्थ्य केन्द्र दहखोलालगायतका स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएको हो ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस