११ महिनामा राप्ती प्रादेशिकबाट २६ सय बढीले लिए प्रसुति सेवा

दाङ । चालुआर्थिक वर्षको ११ महिना अवधिमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले २६ सय ३२ जनालाई प्रसुती सेवा प्रदान गरेको छ ।
सामान्य, जटिल, शल्यकृया र जटिलता ब्यवस्थापन गरी २६ सय ३२ जनालाई सेवा प्रदान गरेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सुचना अधिकारी भुषण सुवेदीले जानकारी दिए ।
जसमा २०७८ को साउनमा १६६ जना, भदौमा १९७, असोजमा १७२ कार्तिकमा २०५, मंसिरमा २५१, पुसमा ३०७, माघमा २८५, फागुनमा ३३२, चैतमा २८२ जनाले सेवा लिएका छन् ।
त्यसैगरी २०७९ को बैशाखमा २१८, जेठमा २१७ जनालाई सेवा प्रदान गरेको अस्पताले दिएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस