कराते र उसुमा बाँके च्याम्पियन

दाङ । दाङको बेल्झुन्डीमा जारी प्रथम लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता २०७९ अन्तरगत आज शनिवार सम्पन्न कराते विधामा बाँके जिल्ला च्याम्पियन भएको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा संचालित प्रतियोगीतामा ३ स्वर्ण १ रजत र २ कास्य पदक हात पार्दै बाके च्याम्पियन भएको हो । उसले जिल्ला च्याम्पियनको ट्रफी हात पा¥यो ।

त्यस्तै कपिलवस्तु २ स्वर्ण १ कास्य पदकका साथ द्वितिय हुँदा दाङ १ स्वर्ण, २ रजत र ३ कास्य पदक सहित तृतिय भयो । प्रतियोगीता अवधिभर छात्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने गुल्मी जिल्लाका हिमाल क्षेत्री र छात्रामा दाङकी डोल्मा थापा उत्कृष्ट खेलाडी घोषित भए ।

यसैबिच आज शनिवार नै तुलसीपुरमा सम्पन्न उसु खेलमा बाँके च्याम्पियन भएको छ । ४ स्वर्ण, १ रजत पदक जित्दै बाँके उसु खेलको च्याम्पियन भएको हो । त्यस्तै बर्दिया २ स्वर्ण २ रजत र १ कास्य पदकका साथ द्वितिय हुँदा कपिलवस्तु १ स्वर्ण, २ रजत र १ कास्य पदक हात पार्दै तृतीय भयो । छात्रमा बाँकेका सुदिप रोका मगर र छात्रामा बर्दियाकी लिन्दा दहित उत्कृष्ट खेलाडी घोषित भए ।

यसैबिच यसैबिच प्रतियोगीताको आज दोस्रो दिनसम्म एथलेटिक्स तर्फ बाँके ९ स्वर्ण, ३ रजत र २ रजत पदकका शिर्ष स्थानमा रहदा बर्दिया ५ स्वर्ण, ५ रजत र ६ कास्य पदक जित्दै दोस्रो र दाङ ३ स्वर्ण, ४ रजत र ५ कास्य पदकका साथ तृतीय स्थानमा रहेको छ ।

प्रतियोगीता अन्तरगत एथलेटिक्स तर्फ ३ हजार मिटर, हाईजम्प र ४ गुणे ४०० रिले, भलिबल, कबडी, तेक्वान्दो, छात्रर छात्राको फाईनल खेल आईतबार बिहान हुने खेल संयोजक तथा लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य हरिश वलिले जानकारी दिए । सदस्य वलिका अनुसार प्रतियोगीताको समापन समारोह आईतवार दिउँसो हुनेछ ।

प्रकाशित मिति : २०७९ असार २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस