आज देशभर १०२ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ६१५ जनामा गरिएको परीक्षणमा १०२ जना संक्रमित भेटिएका हुन्।  यस्तै,  आज ३१ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

हाल देशभर ६०५ जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा ३ सय ८९ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै, देशभर हाल ६ जना संक्रमित आइसियुमा र एकजना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

प्रकाशित मिति : २०७९ असार २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस