देशभर ५०८ जना सक्रिय संक्रमित, आज थपिए ७८ जना

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ७८ जना कोरोना संक्रमित भेटिएका छन्। ३ हजार ५१५ जनामा गरिएको परीक्षणमा ७८ जना संक्रमित भेटिएका हुन्।

आज २३ जना संक्रमणमुक्त भएका छन्। यस्तै हाल देशभर ५०८ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये होम आइसोलेसनमा ५ सय १ जना र संस्थागत आइसोलेसनमा ७ जना रहेका छन्। यसमा काठमाडौं उपत्यकाका ३ सय २० जना रहेका छन्। 

हाल देशभर ७ जना आइसियू र एकजना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्। हालसम्म नेपालमा ९९ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ८७ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस