एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ९० जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस समयमा ३ हजार ११२  जनामा गरिएको परीक्षणमा ९० जना संक्रमित भेटिएका हुन्।  आज २० जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको विवरणअनुसार हाल देशभर ४०१ जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा २६३ जना छन्। हाल देशभर २ जना संक्रमित आइसियू र एकजना भेन्टिलेटरमा उपचाररत छन्।  पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

गत आइतबार ५३ जना र सोमबार ४० जना संक्रमित भेटिएका थिए। हालसम्म नेपालमा ९९ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ८७ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस