दाङ जिल्ला स्तरीय १२औं रास्ट्रपति रनिङ शिल्ड हुँदै
दाङ । दाङ जिल्ला स्तरीय १२औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगीता २०७९ शुक्रबारदेखि सुरु हुँदैछ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा दाङ जिल्ला खेलकुद विकास समितिद्वारा संचालित प्रतियोगिताको लुम्बिनी प्रदेश पर्यटन ग्रामीण तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बेलझुण्डी रंगशालामा तीन दिन सम्म संचालन हुने प्रतियोगितामा भलिबल, कबडी, तेक्वान्दो छात्ररछात्रा त्यस्तै ऐथ्लेटिक्स ट्रयाक तर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर छात्र र छात्रा दौड, १०० गुणा ४०० र ४ गुणा ४०० छात्ररछात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटपुट छात्ररछात्रा बिच कडा प्रतिस्पर्धा हुने दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख पद्मा चौधरीले जानकारी दिए ।
प्रतियोगीतामा जिल्लाका दश पालिका मध्य रनिङ शिल्ड सम्पन्न गरेका सात पालिकाका बिधालयका प्रथम द्वितिय स्थान हात पारेका झण्डै तीन सय खेलाडि र अफिसियको सहभागिता रहनेछ ।
यसैबिच प्रतियोगिता संचालनको जिम्मा पाएको दाङ जिल्ला खेलकुद बिकास समितीले रनिङ शिल्ड प्रतियोगिताको तयारीलाई तिब्र पारेको जानकारी दिएको छ ।

