नेपाल गोजुरियो कराते दो संघ दाङको अध्यक्षमा रानामगर
दाङ । नेपाल गोजुरियो कराते दो संघ दाङको अध्यक्षमा हरिस चन्द्र रानामगर चयन भएका छन् । संघको आज सोमबार सम्पन्न अधिवेशनले हरिस चन्द्र राना मगर अध्यक्ष रहेको संघको १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले चयन गरेको हो । जसको उपाध्यक्ष द्वयमा पोम राज घर्तीमगर, हुमबहादुर परियार, सचिव रजनिश कुमार सिंह, कोषाध्यक्ष निशाना रोकामगर, सहसचिव अजय दुलाल भएका छन् ।
त्यसैगरी संघको सदस्यहरूमा एमसन चौधरी, नमबहादुर नेपाली, नकुल नेपाली, किरण खड्का, सुन्दर रोका, सृजना गौतम, तारा रोकामगर अन्जनी राहु मगर र प्रदिप कुमार चौधरी रहेका छन् । अधिवेशन उद्घाटन समारोह नेपाल गोजुरियो कराते दो संघका बरिष्ठ प्रशिक्षक नवराज रोकाको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पद्मा चौधरीको प्रमुख आतिथ्य एवं नेपाल सितोरियो करातेका लुम्बिनी प्रदेश प्रमुख बलराज नेपालीको विशिष्ट आतिथ्यमा भएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि चौधरी, विशिष्ट अथिति नेपाली, तुलसीपुर खानेपानीका निवर्तमान अध्यक्ष तथा समाजसेवी खेमराज वली, दाङ जिल्ला कराते संघका अध्यक्ष पदमबहादुर बस्नेत, नेपाल गोजुरियो कराते संघका बरिष्ठ प्रशिक्षक बिरेन्द्र बिक, खेल पत्रकार लक्ष्मण बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तारा रोकामगरको स्वागत रहेको कार्यक्रमको सञ्चालन हरिस चन्द्र रानाले गरेका थिए ।
यसैबीच संघको आज सोमबार नै बसेको पहिलो बैठकले संघको सल्लाहकार चयन र प्रमुख प्रशिक्षक न्युक्त गरेको छ । संघका अध्यक्ष हरिषचन्द्र रानामगरको अध्यक्षतामा बसेको बैठकले संघको सल्लाहकारमा खेमराज वलि, बिरेन्द्र बिक, नवराज रोका, लक्ष्मण बस्नेत, बिबेक बिक र संघको प्राविधिक प्रमुखमा घनश्याम गिरीलाई चयन गर्ने निर्णय गरेको सचिब राजनिशकुमार सिंहले जानकारी दिए ।

