आज तुलसीपुरमा ३४१७ जना बालबालिकालाई कोरोना खोप प्रदान

तुलसीपुर । तुलसीपुरमा कोरोना भाइरस विरुद्धको फाइजर खोप तीन हजार चार सय १७ जना बालबालिकालाईलाई लगाइएको छ । शुक्रबार तुलसीपुरका ६, ७ र ९ नम्बर वडाका सरकारी तथा निजी विद्यालयका ५ वर्षदेखि १२ वर्ष मुनीका बालबालिकालाई कोरोना विरुद्धको फाईजर खोपको पहिलो मात्रा प्रदान गरिएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिए ।
शुक्रबार ७ खोप केन्द्रबाट संचालित खोप कार्यक्रममा ३ हजार ४ सय १७ जना बालबालिकालाई खोप प्रदान गरिएका हो । तुलसीपुरमा २९ हजार भन्दा बढी बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको जनस्वास्थ्य निरिक्षक केसीले बताए । हालसम्म ८ हजार ७ सय ८४ जना बालबालिकालाई खोप प्रदान गरिएको छ ।
त्यस्तै पहिलो मात्रा खोप लगाएका बालबालिकालाई २१ दिन पछि पुनः दोस्रो मात्रा लगाइने उनले बताए । साथै खोप यही १२ गते देखि १५ गतेसम्म तुलसीपुरका सम्पूर्ण वडाका सरकारी तथा निजी विद्यालयका बालबलिकालाई खोप लगाइने छ ।

यसैबिच, स्वास्थ्य निरिक्षक केसीले सम्पूर्ण अभिभावकहरुले नजिकको स्वास्थ्य संस्था वा विद्यालयमा सम्पर्क गरी अनिवार्य रुपमा आफ्ना बालबालिकाहरुलाई खोप लगाउन आग्रह समेत गरेका छन् ।