दाङ जिल्ला भलिबल संघको अध्यक्षमा : पोख्रेल
दाङ । दाङ जिल्ला भलिबल संघको अध्यक्षमा कमल पोख्रेल चयन भएका छन् । संघको आज बिहीबार तुलसीपुरमा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनले पोख्रेल अध्यक्ष रहेको संघको ११ सदस्यीय नयाँ नेतृत्व सर्वसहमतिले चयन गरेको हो ।
जसको उपाध्यक्षमा भरत कवर, महासचिव लक्ष्मण बस्नेत, कोषाध्यक्ष लता थापा रहेका छन् । यस्तै संघको सदस्यहरुमा सन्तोष राना, बिरेन्द्र डाँगी, राजु ऐरी, संगीता शाह, दिपेश गुप्ता र राजेन्द्र बोहरा रहेका छन् ।
यसैबीच संघको सल्लाहकारमा केदार राज श्रेष्ठ, देवेन्द्र बैरागी, शिवकुमार थापा, चुर्णबहादुर नेपाली, ईन्द्रध्वज बस्नेत, भोज राज वलि, ओब बहादुर बिक चयन भएका हुन् । संघको आजै बसेको पहिलो बैठकले सल्लाहकार चयन गरेको हो । यस्तै बैठकले लुम्बिनी प्रदेश भलिबल संघको यहि असार ११ गते हुने अधिवेशनमा दाङ जिल्ला संघको तर्फबाट प्रतिनिधित्व गर्न संघका सल्लाहकारद्वय देवेन्द्र बैरागी र भोजराज वलिलाई प्रतिनिधि पठाउने निर्णय समेत गरेको संघका महासचिव लक्ष्मण बस्नेतले जानकारी दिए ।
यसैबीच संघको साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोह संघका उपाध्यक्ष शिवकुमार थापाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलको प्रमुख आतिथ्य एवं नेपाल भलिबल संघका केन्द्रिय सचिव भिम वलिको बिशिष्ट आतिथ्य र दाङ जिल्ला खेलकुद बिकास समितिका निमित्त कार्यालय प्रमुख भिमलाल बिकको रोहवरमा भएको थियो ।
सो अबसरमा भलिबल पुर्व राष्ट्रिय खेलाडी, खेलप्रेमीलगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन संघका महासचिव दिपक कुमालले गरेका थिए ।