नगर स्तरीय रास्ट्रपति रनिङ शिल्ड हुँदै

तुलसीपुर । तुलसीपुर नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ असार ७ गते देखि सुरु हुँदैछ । पशुपति माबी हरिपौरीको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा संचालन हुने प्रतियोगिता बेलझुण्डी रंगशाला हुनेछ ।
तीन दिनसम्म संचालन हुने प्रतियोगितामा फिल्ड तर्फ भलिबल, कबडी, छात्ररछात्रा त्यस्तै ऐथ्लेटिक्स ट्रयाक तर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर छात्र र छात्रा दौड, १०० गुणा ४०० र ४ गुणा ४०० छात्ररछात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटपुट छात्ररछात्रा बिच कडा प्रतिस्पर्धा हुने आयोजक बिधालयका प्रधानाध्यापक रुद्रबहादुर डागीले जानकारी दिए ।
प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका सामुदायिक तथा निजी गरि दुईदर्जन बढी बिद्यालयको सहभागिता रहनेछ भने बिद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेरसम्मका छात्ररछात्राले मात्र भाग लिन पाउनेछन् । यसैबिच प्रतियोगिता आयोजनाको जिम्मा पाएको पशुपति माबी हरिपौरीले रनिङ शिल्ड प्रतियोगिताको तयारीलाई तिब्र पारेको जानकारी दिएको छ ।