राप्तीलाई हराउँदै टरिगाउँ बि बिजयी, राप्ती उपबिजेता

दाङ । दाङको बेलझुण्डीमा जारी सुसेली फुटबल प्रतियोगिताको उपाधी टरिगाउँ युबा क्लव तुलसीपुरले हात पारेको छ । दाङको बेलझुण्डीमा भएको फाइनल खेलमा राप्ती क्लब घोराहीलाई हराउँदै टरिगाउँले उपाधी हात पारेको हो ।
प्रतिस्पर्धात्मक खेलमा टरिगाउले २-० गोल अन्तरले उपाधी हात पारेको हो । उपाधिसङ्गै टरिगाउँले ५० हजार नगद, मेडल तथा ट्रफी हात पार्याे भने उपबिजेता भएको राप्ती क्लबले नगद २० हजार, मेडल तथा ट्रफी हात पारेको छ ।
अनाथ बालबालिकाको लागि शैक्षिक सामग्री सहयोगार्थ सञ्चालन गरिएको प्रतियोगिता जेठ २९ गतेदेखि सुरु भएको थियो । तुलसीपुर १८ मा रहेको सुसेली युबा क्लवको आयोजनामा प्रतियोगिता सञ्चालन भएको थियो ।
यसैबिच प्रतियोगिता औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । प्रतियोगिता संयोजक अर्जुन पुन मगरको अध्यक्षता तथा तुलसीपुर उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो ।
समापन कार्यक्रममा फुटबल संघ दाङका उपाध्यक्ष पवन योगी, तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव बिनिल केसी, नेपाली कांग्रेस तुलसीपुर १८ का वडा सभापति बिरेन्द्र खड्काले बोलेका थिए ।
कार्यक्रममा एन्फा रेफ्री खुमबहादुर वली, बिनोद बिक र सुरेश बुढा मगरलाई सम्मान गरिएको थियो । यस्तै प्रतियोगिता सफल पार्न सहयोग गर्ने प्रयोजन, सहयोग तथा सहयोगी ब्यक्ती एब संस्थालाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण रोहन पुनले गरेका थिए ।