सबैको मन मस्तिष्कमा बस्न सफल युवा ब्यबसायी नेपाली

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५ मा स्थायी बसोबास गरेका एक समाजसेवी तथा सफल नेतृक्तवकर्ताको नाम हो केशव नेपाली । आफुलाई समस्या पर्दा हरेकले सम्झिने नाम हो केशव नेपाली । हरेक नागरिक तथा दलित समुदायमा जनताका दुखमा होमीने ब्यक्तिको नाम केशव नेपाली । स्वर्गीय पिता तुलसीराम नेपाली र माता देवि नेपालीको कोखबाट मिति २०३६÷९÷५ गते साइलो सन्तानको रुपमा जन्म लिएका नेपालीले जिवनमा निकै संघर्ष गर्नु परेको थियो । २०४१ सालबाट रझेना माबिबाट स्कुले जिवन सुरु गरेका नेपाली सबै कुरामा रुचि राख्ने र हरेक कुरामा दख्खल थिए । जिवनमा आइपरेको हरेक समस्यासंघ जुध्न सक्ने र समस्या समाधान गर्ने गर्दथे ।

उनको स्कुले जिवनको बेला अहिलेको जस्तो धेरै सेवा सुविधा र प्रविधि थिएन । त्यो बेला गरेको संघर्षका कथाहरु अहिले आएर उनी सम्झन्छन् र भावुक पनि हुन्छन् । बाल्यकाल बित्दै जादा उनलाई अबको जिन्दगी कसरी अगाडी बढाउने भन्ने निकै चिन्ता थियो । यसै क्रममा २०५२ सालमा परियार सेवा समाज स्थापना भयो । त्यसपछि उनि सोही संगठनबाट दलितका कुरा माथि उठाउने गरी अगाढि बढे । सोही क्रममा उनी २०७० सालमा नेपाली कांग्रेसबाट राजनीति सुरु गरे । राजनीतिकै क्रममा परियार सेवा समाजबाट उनी २०७२ सालमा संगठनको जिल्ला अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भए ।

जिल्ला अध्यक्ष भएर काम गर्दा सबैको साथ पाएपछि उनी संगठनको केन्द्रिय सदस्य बनेर पनि काम गर्ने मौका पाए । उनी अहिले जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य छन् । सानै देखि अरुको सेवा गर्न रुचाउने नेपाली राजनितिक विन तथा संगठनको अध्यक्ष भएपछि समाज सेवा गर्न अझै सजिलो तथा प्रेरणा मिल्यो । दुख पाएका तथा दलित समुदाएमा हेपिएका र अन्यायमा परेका पिडितहरुलाई न्याय दिलाउने र सबैको दुखमा साथ दिने उनका दिनचर्या बन्यो । सोहि समयमा उनलाई नेतृक्तव कर्ताको भूमिकामा रहि काम गर्ने अर्काे अवसर मिल्यो । त्यो हो पाण्डवेश्वरी यातायात प्रालि । जसको बरिष्ट उपाध्यक्षमा केशव नेपाली रहे र उक्त यातायात समितिलाई सफलताको बाटोमा पु¥याए । सुरुमा जीप र कारबाट संचालनमा आएको पाण्डवेश्वरी यातायात प्रालिले अहिले लामो रुटमा बस पनि संचालनमा ल्याएको छ ।

नेपाली कुनै ब्यक्तिको जिवनमा भगवान बनेर आएकाका छन् भने नेपाली आबद्ध संघसंस्थाले पनि निकै सफलताको शिखरमा पु¥याएका छन् । कलल क्षेत्र तथा कलाकारितालाई पनि निकै माया गर्ने नेपालीले आफ्नो नेतृक्तवमा धेरै कार्यक्रमहरु सफलता पुर्वक आयोजना गरिसकेका छन् भने मोफसलका उदयमान कलाकारलाई महत्वपुर्ण स्थान दिएर अगाडि पनि बढाएका छन् । बिभिन्न क्षेत्रमा क्रियाशिल रुपमा काम गर्दै आएका नेपाली दलित मुक्ति जागरण अभियानका मध्ये नेपाल संयोजकको भुमिकामा रहि काम गर्दै आएका छन् भने संघीय एक्सपे्रसका अध्यक्ष, स्वतन्त्र पत्रकार संघका लुम्बिनी प्रदेश सल्लाहकार, डिआडिको प्रमुख सल्लाहाकारको भूमिकामा रहि काम गर्दै आएका छन् । आगामी दिनमा नेपालीले दलितको हकहितका लागि काम गर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस