दीर्घायु पोलिक्लिनिमा सुगर र प्रेसरका बिरामीहरुका लागि निःशुल्क शिविर

दाङ । तुलसीपुर स्थित‌ दीर्घायु पोलिक्लिनिक एण्ड रिसर्च सेन्टर प्रालिले जेठ २७ गतेदेखि २९ गतेसम्म सुगर र प्रेसरका बिरामीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ। शिविरमा वरिष्ठ फिजिसियन तथा सुगर, प्रेसर, थाइराइड रोग विशेषज्ञ डा. ज्ञानेन्द्र पाण्डेले निःशुल्क परामर्श दिइरहेका छन्।

सुगरका बिरामीले खाली पेट खाना पछिको रगत जाँच निःशुल्क, पिसाब परीक्षण, १५ दिनको लागि सुगर र प्रेसरको औषधि निःशुल्क, सुगर प्रेसर सम्बन्धित जाँचहरुमा ३० प्रतिशत छुटको व्यवस्था रहेको पोलिक्लिनिक सञ्चालक कौशिला खड्काले बताईन ।

डाइबिटिजमा प्यास बढी, भोक बढी, तौल बढ्नु वा घट्नु, रिंगटा लाग्नु, पिसाब छिनछिनमा लाग्नु, आखाँ धमिलो देखिनु, छालामा विभिन्न संक्रमण हुनु र थकान महसुस जस्ता लक्षणहरू देखापर्छन्।‌ उक्त रक्तचापले टाउको दुख्नु, रिंगटा लाग्नु, मुटुको धड्कन बढ्नु, छाती दुख्नुका साथै प्रमुख अंग मुटु, मृगौला, आखाँ र मस्तिष्कमा असर गर्न सक्ने हुन्छ। मस्तिष्कघात हुँदा प्यारालाइसिस, हृदयघात, किड्नी फेल र आँखाको भित्री पर्दामा असर गराउन सक्छ।

प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस