सिटी हस्पिटलले उपचारमा छुट दिने

तुलसीपुर । तुलसीपुरको सिटी हस्पिटल प्रालिले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका शेयर सदस्य तथा कर्मचारीलाई स्वास्थ्य उपचारमा छुट दिने भएको छ । हस्पिटलले औषधिदेखि मेजर शल्यक्रियामा १० देखि १५ प्रतिशत छुट दिने भएको हो ।
हस्पिटलका प्रवन्ध निर्देशक गणेश बस्नेत र हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शुक्रराज भण्डारीबीच मंगलबार भएको सम्झौतामा शेयर सदस्य र कर्मचारीले विभिन्न शीर्षकमा छुट पाउने भएका हुन् । सम्झौतामा हस्पिटलले सहकारीका शेयर सदस्य तथा कर्मचारीलाई औषधि, बेड ओपिडी र मेजर अप्रेसनमा १० प्रतिशत छुट दिने उल्लेख छ ।
यस्तै अस्पतालले ल्याव परिक्षण र माइनर अप्रेशनमा १५ प्रतिशत छुट दिने सम्झौता भएको सहकारी संस्थाका अध्यक्ष भण्डारीले जानकारी दिए । उनका अनुसार अस्पतालले सुगर जाँचमा शतप्रतिशत छुट दिने भएको छ । सम्झौता बुधबारदेखि लागू हुने भएको छ ।