मारिकोल्स र मेट्रो कलेज प्रथम सन्तोष स्मृति कप फुटबलको उपाधि होडमा 

दाङ । क्याम्पस अफ लाइभ साईन्सेस् ।९मारिकोल्स० ए र तुलसीपुर मेट्रो कलेज हरिपौरी दाङको तुलसीपुरमा जारी प्रथम सन्तोष स्मृति कप फुटबल प्रतियोगिता २०७९ को फाइनलमा भिड्ने भएका छन् ।
 
क्याम्पस अफ लाइभ साईन्सेस् तुलसीपुरको आयोजनामा संचालित प्रतियोगिताको मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आई ए ए एस पकलेवा कृषि कलेजलाई ट्राइबेकरमा ३ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै तुलसीपुर मेट्रो कलेजले फाइनल यात्रा तय गरेको हो । 

त्यस्तै मंगलबार नै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चितवन खैरेनी कृषि कलेजलाई सुन्यका विरुद्ध २ गोल अन्तरले पाखा लगाउँदै क्याम्पस अफ लाइभ साईन्सेस् तुलसीपुरले मेट्रो कलेजसँगको फाइनल भिडन्त पक्का गरेको हो । कडा प्रतिस्पर्धात्मक खेलमा लाइभ साईन्सेस्का जर्सी नं। १० का बिज्ञान गौतमले खेलको दोस्रो हाफमा २ गोल गरे । फाइनल खेल भोलि बिहान ६ बजे हुने आयोजक क्याम्पस अफ लाइभ साईन्सेस् तुलसीपुरका एकेडेमिक एड्भाईजर मनोज बस्नेतले जानकारी दिए ।
  
प्रतियोगिताको विजेता टिमले नगद ३५ हजार, कप मेडल,  तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता टिमले नगद १५ हजार, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस