प्रादेशिक अस्पतालमा अप्रेसन सेवा लिने बिरामी बढ्दै, जनशक्ति अभाव

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा अप्रेसन सेवा लिने बिरामीको संख्या बढेको छ । १० महिनाको अवधिमा अस्पतालबाट २ हजार सातसय बढीले अप्रेसन सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ ।
जनशक्तिको अभावकै कारण प्रभावकारी सेवा दिन समस्या भएको राप्ती प्रादेशिक अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट ओम अर्यालले बताए । मेडिकल सुपरिटेन्डेन्ट अर्याललेका अनुसार १० महिनाको अवधीमा सर्जरी सेवा ९२ जनाले लिएका छन् । जसमा ३५ जना महिला र ५७ जना पुरुष रहेका छन् ।
त्यसैगरी अर्थोपेडिक विभागबाट १७ महिला र ३० जना पुरुष गरी ४७ जनाले सेवा लिएको मेसु अर्यालले जानकारी दिए । १० महिनामा अस्पतालबाट ३०३ जना महिलाहरूले अप्रेसन गरेर सुत्केरी सेवा लिएका मेसु अर्यालले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस