प्रथम सन्तोष स्मृति कप फुटबलमा मंगलबार सेमिफाइनलका खेल हुने

दाङ । दाङको तुलसीपुरमा जारी प्रथम सन्तोष स्मृति कप फुटबल प्रतियोगिता २०७९ पकलेवा र चितवन खैरेनी कृषि कलेज सेमिफाइनल प्रवेश गरेका छन् ।
क्याम्पस अफ लाईभ साईन्सेस् तुलसीपुरको आयोजनामा सञ्चालित प्रतियोगिताको सोमबार सम्पन्न पहिलो क्वाटर फाईनल खेलमा पृथु कृषि कलेज लमहिलाई शून्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै पकलेवा कृषि कलेजले सेमिफाइनल यात्रा तय ग¥यो । खेलमा जर्सी नं. १४ का उत्सब बस्नेतले पहिलो हाफ्को २३औं र दोस्रो हाफ्को १७ औ मिनेटमा गोल गरे ।
त्यस्तै क्याम्पस अफ लाईभ साईन्सेस् तुलसिपुर बिलाई एक शून्य गोल अन्तरले पराजित गर्दै चितवन खैरेनी कृषि कलेजले सेमिफाइनल यात्रा तय गरेको हो । कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको दोस्रो हाफ्को १९औं मिनेटमा खैरेनीका जर्सी नं. ११ का दामोदर पोख्रेल ले निर्णायक गरे ।
यसैबीच प्रतियोगिता अन्तरगत भोलि मंगलबार बिहान ७ मेट्रो कलेज तुलसीपुर र पकलेवा कृषि कलेज बिच पहिलो सेमिफाइनल खेल हुनेछ । त्यस्तै दिउँसो ४ बजे हुने दोस्रो सेमिफाइनल खेलमा क्याम्पस अफ लाईभ साईन्सेस् तुलसीपुर ए र पकलेवा कृषि कलेजले बिच हुनेछ । जेठ २५ गतेसम्म संचालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले नगद ३५ हजार, कप मेडल, तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपबिजेता टिमले नगद १५ हजार, मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजक क्याम्पस अफ लाईभ साईन्सेस् तुलसीपुरका एकाडेमिक एड्भाईजर मनोज बस्नेतले जानकारी दिए ।