दाङमा बालबालिकाले प्रयोग गर्ने क्षयरोगको औषधी अभाव

दाङ । दाङमा बालबालिकाले प्रयोग गर्ने क्षयरोगको औषधी अभाव देखिएको छ । घोराही, तुलसीपुर, लमहीलगायत सबै क्षेत्रका अस्पतालहरूमा औषधीको अभाव भएपछि क्षयरोगका बिरामीहरू प्रत्यक्ष मारमा परेका छन् । औषधिको अभाव हुँदा औषधी लिन अस्पताल पुगेका बिरामीहरू औषधी नलिएर फर्कनुपर्ने बाध्यता रहेको छ ।

दुई सातादेखि जिल्लामा १४ वर्षसम्मका बालबालिकाहरूले प्रयोग गर्ने एच जेड आर चाइल्ड नामको औषधी अभाव भएको स्वास्थ्य कार्यालय दाङका क्षय तथा कुष्ठरोग अधिकृत डम्बर कुँवरले जानकारी दिए । उनले युवा उमेरका व्यक्तिले प्रयोग गर्ने औषधिको परिणामको मात्रा घटाएर विकल्पको रुपमा प्रयोग गर्न सकिने बताए ।

अस्पतालमा औषधिको अभाव हुँदा बिरामीहरूलाई औषधीविना नै पठाउनुपर्ने समस्या रहेको राप्ती प्रादेशिक अस्पतालका स्टोर ईन्चार्ज रेश्मी अधिकारीले बताए । सरकारी अस्पतालहरूमा औषधी नहुँदा क्षयरोगका बिरामीहरू अस्पताल परिसरबाटै फर्कन बाध्य छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस