प्रचण्डले भने‘मैले प्रतिगमनलाई परास्त गर्न गठबन्धनलाई जिताउनुस् भनेँ, तर, छोरी नजिते देश दुर्घटनामा पर्छ भनेर गलत प्रचार गरियो’

दाङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफूले भनेको कुरालाई नकारात्मक शैलीबाट प्रचार गरिएको बताएका छन् । गठबन्धनको आयोजनामा आइतबार तुलसीपुरमा भएको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले भरतपुरमा बोलेको कुरालाई बंगाएर नकारात्मक प्रचार गरिएको बताए । ‘मैले भरतपुर या काठमाडौं महानगरपालिकाको सभामा जाँदा हामीले यो गठबन्धन एउटा ठूलो प्रतिगामी षडयन्त्र, एउटा निकै ठूलो लोकतन्त्र विरोधी षडयन्त्रलाई परास्त गर्न जन्मिएको हो,यही निर्वाचनबाट यो षडयन्त्र परास्त गर्न जरुरी छ भनेँ’,उनले भने‘तर, मिडियाले त्यो भनाईलाई छोरी जितानउनकालागि, छोरी नजिेत देशै भाडमा जाओस, दुर्घटनामा पर्छ भन्यो भनेर बडो नकारात्मक ढंगबाट प्रचार गरियो ।’

प्रतिक्रान्ति, प्रतिगमन विरुद्धको षडयन्त्रलाई परास्त गर्नकालागि स्थानीय तहमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आबश्यक रहेको उनको भनाई थियो । उनले यो गठबन्धन संघीय चुनाबसम्म मात्रै नभई विकास र समृद्धिकालागि केही बर्ष कायम राख्नु पर्ने बताए । यसकालागि अझैसम्म आम नेता तथा कार्यकर्तामा समेत एकअर्काप्रति विश्वासको वातावरण हुन जरुरी रहेको बताए । ‘अझै पनि सहज सहकार्यको वातावरण तयार हुन सकेको अबस्था छैन, हाँसिया हथौटामा भोट हालेकालाई खमा हाल्न गाह्रो, रुखमा भोट हालिरहेकालाई हसिया हथौडामा हाल्न गाह्रो हुने कल्चर अझै छ’,प्रचण्डले भने ।

उनले सबैले सहयोगले नै गठबन्धनको संस्कृति विकसित हुने र लोकतन्त्र मार्फत मुलुकलाई नयाँ युगमा लैजान सकिने बताए ।

प्रकाशित मिति : २०७९ बैशाख २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस