एम्बुलेन्स सहित बिपन्न तथा अशक्तलाई निशुल्क स्वास्थ्य सेवा संगै देशकै नमुना पालिका बनाउन मेरो जितः शर्मा

दाङ, २४ वैशाख ।

नेपाली कांग्रेसका कपुकोट गाँउपालीमका अध्यक्ष पदका उम्मेदवार बिष्णु प्रसाद शर्माले आफ्नो पहिलो काम गाँउपालिकालाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त र कपुरकोट बासिहरु सबैलाई गाँउगाँउमा सिँहदरबारको अनुभुति गराउने गरी काम गर्नेे बताउनु भएको छ । ीबगत १५ बर्ष देखि राजनितिमा सक्रिय रुपमा लाग्नुभएको शर्माले नेपाली कांग्रेसको तर्फबाट दर्जनौं प्रतिबद्धता अनुसार स्वास्थ्यमा सुधार ल्याउने र बिशोज्ञ चिकित्सक सहित पालिका स्तरीय अस्पताल स्थापना गरी नमूना सेवा प्रदान गर्न भूमिका खेल्ने, त्यसैगरी पालिकाका सबै वडामा रहेका स्वास्थ्य केन्द्रबाट गुणस्तरीय सेवा प्रदान गर्ने, शिक्षामा सुधार ल्याउने, सिंचाई र खानेपानीको व्यवस्थापन गर्ने, तुलसिपुर कपुरकोट हुदै सल्यान श्रीनगरको बाटोलाई पिच गर्न पहल गरी उक्त बाटोलाई ब्यबस्थित गर्नेलगाएतका मुख्य एजेन्डा बोकेर आफूहरु चुनावी प्रतिस्पर्धामा उत्रिएको उहाँको भनाई छ ।

रोल्पा सिमेन्ट उद्योगबाट चल्ने सवारी साधनका कारण समस्या भैरहेको कारणले उक्त समस्या समाधान गर्न पहल गर्ने गरी काम गर्ने बताउनुभएको छ । उद्योग बन्द गराउन त हामीले सक्दैनौं मापदण्डमै चलाउनका लागि पहल गर्नेछौं शर्माले बताउनुभयो  । त्यसैगरी महिलाहरुका समस्या छन । ती सबै समस्यालाई सम्बोधन गर्ने काम हुनेछ । अब विकास निर्माण कसैले रोकेर रोकिदैन । नेपाली कांग्रेसको सरकारले विकासलाई प्राथमिकता दिएको छ । यसैगरी वैदेशिक रोजगारीका लागि युवाहरु खाडी पुग्नुपर्ने बाध्यता छ । त्यसलाई मध्यनजर गर्दै कपुरकोट गाँउपालीका भित्रका युवाहरुलाई कसरी स्वरोजगार गराउने भन्ने विषयमा हामीले काम गर्नेछौं । सडक निर्माण, कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, किसानलाई अनुदान, पेन्सन, समयमै मल, बिउको व्यवस्थापन गर्ने गाँउमा उत्पादन भएको फलफुल तरकारीहरु ब्यबस्थित रुपमा बजारीकरण गरी किसानलाई आयआर्जनको बाटो दिने कामलाई मुख्य प्राथमिकतामा राख्ने उँहाले बताउनुभयो । प्रत्येक वडाहरुमा स्वास्थ्य संस्थाहरु स्थापना गर्ने र अशक्त , अपांग , जेष्ठ नागरीकहरुेका लागि घर घरमा स्वास्थकर्मि परीचालन गनरी स्वास्थ्य सेवा प्रदान गर्ने पनि उँहाले बताउनु भएको छ । पार्टीले गरेका प्रतिवद्धता पूरा गर्ने जिम्मेवारी गाँउपालीका अध्यक्ष भएर पनि गर्न सकिन्छ भन्ने सयौं नेता, कार्यकर्ताहरुले मलाई भनेपछि म अध्यक्ष पदमा उम्मेदवारी दिएर जनताको सेवा गर्ने अठोट गरेको छु उँहाले भन्नुभयो । यसैगरी कपुरकोटको चौतर्फी विकासका लागि आपालिकावासीको सुझाव लिएर कपुरकोटलाई सुन्दर पालीका बनाउने काम मैले गर्नेछु । यी सबै काम गर्नका लागि मेरो उम्मेदवारी होे ।’ अर्कातिर अध्यक्ष पदका उम्मेद्वार शर्माले नेपाली कांग्रेस देखी मतदाता निकै उत्साहित भएको बताउनुभयो ।

नेपाली कांग्रेसले जित्यो भने पालिकाले निकास पाउने भयो भन्ने कुरा मतदाताले गर्ने उहाँको भनाई छ । नेपाली कांग्रेसले नै विकासका काम गर्छ र हाम्रा माग पूरा हुन्छन् भन्ने कुरा सुनाउने गरेको उहाँको भनाई छ । हामी अहिले आफ्ना प्रतिबद्धता जाहेर गर्दै जनताको समस्या सुन्ने काम गरिरहेका छौ, शर्माले भन्नुभयो । उहाँले जित्ने पहिलो आधार नै उम्मेद्धार माथि मतदाताको बिश्वास भएको बताउनु भएको छ । कपुरकोटमा नेकपा एमाले र राप्रपाले गठबन्धन गरेको छ भने नेकपा माओबादि केन्द्र र जसपाले गठबन्धन गरेको छ यता नेपाली कांग्रेस एक्लै चुनावि मैदानमा उत्रिएको छ । यसरी पनि मतदाताहरु कांग्रेस माथि नै बिश्वास गरी कांग्रेसलाई नै जिताउने उहाको भनाई छ । दुई, दलको मतदाताको संख्यालाई हेर्ने हो भने पनि हामी धेरै अघि छौं । त्यसैले मतदाताकै बलले हामीले जित्ने हो । अर्को कुरा अहिलेसम्म आफ्नो स्वच्छ छवि जोगाइराखेकै छौं । कुनै पनि जनताले बिष्णु प्रसाद शर्माले घुस लिएको वा नराम्रो काम गरेको भन्ने प्रमाणित गरे म सजाय भोग्न तयार छु  तर त्यस्तो काम अहिलेसम्म गरेको पनि छैन , गर्न दिने पनि छैन र गर्ने पनि छैन । उँहाले भन्नु भय

प्रकाशित मिति : २०७९ बैशाख २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस