१७ सय ३३ जनामा औलो परिक्षण गर्दा ६ जनामा पोजेटिभ

दाङ । दाङमा चालुआर्थिक वर्षको अहिलेसम्म ६ जनामा औलो रोग देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । चालुआर्थिक वर्षको अहिलेसम्म औलो परिक्षण गराएका १ हजार ७ सय ३३ जनामध्ये ५ पुरुष र १ महिला गरी ६ जनामा मात्रै औलो देखिएको कार्यालय फोकल पर्शन कमल चन्दले जानकारी दिए ।

नेपाल सरकारले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिए पनि पछिल्लो केही वर्ष यता यसको परिक्षणमै कमी देखिएको छ । कोरोना भाईरसको महामारीका कारण यसको परिक्षणमा कमी आएको देखिन्छ ।

फोकल पर्शन चन्दका अनुसार दाङमा कोरोना भाईरसको महामारी सुरु हुनुभन्दा पहिले वार्षिक रुपमा ५ हजारसम्मले औलो परिक्षण गराउने भएपनि अहिले आधाभन्दा धेरैका दरले परिक्षण गराउनेको संख्यामा कमी आएको जानकारी दिए । गतआर्थिक वर्ष २०७७/०७८ मा २ हजार १ सय ५० जनाले औलो परिक्षण गराएका थिए । जसमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको उनले जाककारी दिए ।

यसैविचआजविश्व औलो दिवस, नेपालमा पनि मनाईएको छ । ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ भन्ने नाराका साथ यस वर्षको औलो दिवस मनाउन लागिएको हो । विश्व स्वास्थ्य सङ्गठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसका रूपमा मनाउने घोषणा गरे अनुरूप नेपाले पनि सोही दिन यो दिवस मनाउँदै आएको छ ।

यस्तै सन् २०२२ सम्म नेपालमा औलोलाई शून्यमा झार्ने र सन् २०२५ सम्ममा औलो नियन्त्रण गर्ने लक्ष्य रहेको बताएको छ । औलो रोगबाट विशेष गरी गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस