मेयर कप टि–२० क्रिकेटको उपाधी त्रिशिद्धेश्वरीलाई

दाङ । लमही नगरपालिका तेस्रो मेयर कप दाङ जिल्ला स्तरीय टि–२० क्रिकेट प्रतियोगीताको २०७९ को उपाधी त्रिशिद्धेश्वरी स्पोर्टस क्लव तुलसीपुरले जितेको छ ।

देउखुरी क्रिकेट क्लबको आयोजना तथा लमही नगरपालिकाको आर्थिक सहयोगमा संचालित प्रतियोगिताको शुक्रबार सम्पन्न फाईनल खेलमा दंङाली स्पोर्टस एकाडेमी घोराहीलाई ६ रनले पराजित गर्दे त्रिशिद्धेश्वरी स्पोर्टस क्लबले उपाधी जितेको हो । उपाधीसंगै उसले नगद ५० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पा¥यो । उता फाईनलमा सम्मानजक हार ब्यहोरेको दङ्गाली स्पोट्र्स एकाडेमी उपबिजेतामा समित रहदै नगद ३० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

लमहीस्थित देउखुरी अन्तरास्ट्रीय क्रिकेट मैदानमा
टस जितेर ब्याटिङ रोजेको त्रिशिद्धेश्वरीले २० ओभरको समाप्तिमा आफ्ना ६ विकेटको क्षेतिमा १२५ रन बनाएको थियो १ जसमा समिर न्यौपानेले सर्वाधिक ३९ रनको योगदान दिए । कप्तान शंकर वुढा ३८, सुदिप नेपाली १८ र संजोग गिरीले १२ रनको महत्वपूर्ण पारी खेलेका थिए । बलिङ तर्फ दंगालीका एकाडेमीका सुमन दसौदीले २ विकेट तथा आशिष वली र विरू मगरले समान १÷१ विकेट लिए ।

१२६ रनको बिजयी लक्ष्य पच्छ्याएको दंगाली स्पोट्र्स एकाडेमी घोराही १९ दशमलव ५ ओभर मा अलआउट भयो । जसमा दंगालीका विराट सिंह भण्डारीले ४२ सुशान्त सिह थापा १६ तथा विसम थापाले २३ रन को पारि खेले । बलिङमा त्रिशिद्धेश्वरीका लक्ष्मण वुढा र करण कुमारले शानदार बलिङ गर्दै समान ३÷३ विकेट लिए भने मोहन खत्रीले महत्वपूर्ण २ र सुदिप नेपालीले १ बिकेट लिए । खेलमा उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चदै ३ महत्वपुर्ण विकेट लिने त्रिशिद्धेश्वरीका लक्ष्मण वुढा म्यान अफ द फाईनल म्याच घोषित भए । यसैबिच प्रतियोगिताको समापन समारोह देउखुरी क्रिकेट क्लवका अध्यक्ष शोभाराम पौडेलको अध्यक्षता तथा लमही नगरपालिकाका मेयर कुलवहादुर केसीको प्रमुख आतिथ्य एवं उपमेयर देवीका वेलवासेलेको विशिष्ट आतिथ्यमा भएको थियो । सो अबसरमा प्रतियोगीताको अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ ईमर्जिङ प्लेयर र बेस्ट बलर ऋसि डिसी, बेस्ट ब्याट्सम्यान सुशान्त सिंह थापा र म्यान अफ द सिरिज मोहन खत्री घोषित भए ।

एक सातसम्म संचालित प्रतियोगिताको अम्पायरको भुमिकामा इनामुदिन हल्वाई, रमेश सिंह पुन, अमित तामाङ रहेका थिए भने स्कोररमा मधु डिसी र सुरज खनाल रहेका थिए । कार्यक्रमको सहजीकरण विकाश भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार
प्रतिक्रिया दिनुहोस