दाङ जिल्ला फुटबल संघको अध्यक्षमा  धिताल निर्वाचित

दाङ । दाङ जिल्ला फुटबल संघको अध्यक्षमा सञ्जात धिताल निर्वाचित भएका छन् । संघको  शनिवार बेलझुण्डीमा सम्पन्न जिल्ला अधिवेशन,  निर्वाचन तथा साधारण सभाले आगामी चार वर्ष कार्यकालका लागि धिताल अध्यक्ष रहेको संघको १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले निर्वाचित गरेको हो । 

जस अनुसार संघको वरिष्ठ उपाध्यक्षमा बुद्धि राम पुन, उपाध्यक्ष द्वयमा पवन कुमार योगी र अशोक रोकामगर, महासचिव लक्ष्मण बस्नेत, कोषाध्यक्षमा वसन्त पुरी रहेका छन् ।  त्यस्तै संघको सदस्यहरूमा महिला सदस्य प्रकृति पुन, सदस्य सन्तोष गुरुङ, विजय डाँगी, भीम बहादुर चौधरी, अम्मर मगर, केशव चौधरी, टोप बिक्रम राणा, शरद गौतम र गोपाल कँवर निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता प्रेम बहादुर ओलीले जानकारी दिए ।

अधिवेशन दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य एवं अधिवेशन प्रतिनिधि प्रदेश सिह राठोरको प्रमुख आतिथ्यमा भएको थियो । सो अवसरमा संघका निर्वाचित अध्यक्ष लगायत पदाधिकारी लाई निर्वाचन समितिका संयोजक अधिवक्ता प्रेम बहादुर ओलीले पदभार ग्रहण गराए । 

कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य प्रदेश सिह राठोर, निर्वाचन समितिका संयोजक अधिवक्ता प्रेम बहादुर ओली, पुनरावेदन समितिका संयोजक अधिवक्ता राम शरण चौधरी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तथा निर्वाचन समिति सदस्य पद्मा चौधरी लगायतले बधाई तथा शुभकामना व्यक्त गरे ।

यसैबीच अधिवेशन लगत्तै बसेको संघको पहिलो बैठकले   अखिल नेपाल फुटबल संघ एन्फाको विधान अनुसार संघको महासचिव पदमा लक्ष्मण बस्नेत र कोषाध्यक्षमा वसन्त पुरी लाई मनोनित गरेको हो ।

त्यस्तै बैठकले सर्वसम्मतिको प्रयासबाट संघको नयाँ नेतृत्व चयन र अधिवेशन सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष, पदाधिकारी, निर्वाचन समिति, पुनरावेदन समिती, दाङ जिल्ला खेलकुद विकास समिति,  खेलप्रेमी, खेलाडी, शुभचिन्तक लगायत सबैमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार
प्रतिक्रिया दिनुहोस