सबै नागरिकलाई खोप लगाउन खोज र खोप अभियान प्रभावकारी बनाउने योजना

दाङ । कोरोना महामारीका कारण विगतमा भएको जनधनको क्षति कम गर्न र विपदबाट पार पाउन सबै नागरिकलाई खोप लगाउने लक्ष्य प्रभावकारी बनाउने तयारी भएको छ । दाङमा कोरोना महामारीका कारण भएको क्षति तथा मनोसामाजिक असर कम गर्न जिल्लाको दुई वटा पालिकालबाट खोप अभियान सतप्रतिशत पु¥याउन र मनोपरामर्शको काम गर्न थालिएको घोराहीमा भएको एक कार्यक्रममा जानकारी गराइएको छ ।

स्वास्थ्य कार्यालयको समन्वय तथा नेपाल रेडक्रस सोसाईटी दाङको आयोजना भएको कोभीड १९ पूर्वतयारी तथा प्रतिकार्य संचालन परियोजना सम्बन्धी अभिमुखीकरण तथा समन्वयात्मक कार्यशालामा परियोजना प्रमुख राजकुमार क्षेत्रीले सबै नागरिकलाई सतप्रंतिशत खोप लगाउन खोज र खोपको नीतिलाई पालिकासँगको सहकार्यमा अघि बढाईने बताए । यस्तै, उनले मोबाईल क्याम्प राखेर भएपनि दूर्गम क्षेत्रका हरेक नागरिकलाई कोभिडबाट बचाउन खोप अभियान बिकेन्दृृत गरेर लैजाने रणनीति रहेको बताए ।

जिल्लामा हालसम्म ८९ दशमलव ५ प्रतिशतले मात्रै कोभीड विरुद्ध पूर्ण मात्रामा खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लामा हाल दुई जना मात्रै सक्रिय संक्रमित छन् । १३ हजार २ सय ३० जना संक्रमित भएकोमा ३ सय ३७ जनाले ज्यान गमाएका छन् ।

दुई पालिकाबाट थालनी गर्न लागिएको अभियानले कोभिड नियन्त्रण गर्नका लागि विशेष काम गर्ने हुँदा समस्या पहिचानका लागि सम्बन्धित ठाउँमा पुगेर सेवा दिन स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले अपिल गरे । जिल्लाको भूगोगका विविधता भएको हुँदा सहज सूचना तथा परामर्शसँगै खोपको पहुँच बढाउन लाग्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कोभिड विपदमात्रै नभई एक कठिन सिकाई भएकाले विगतको अभ्यासबाट पाठ सिक्दै योजनावद्ध ढंगले मानवीय जोखिम कम गर्न र आर्थिक क्रियाकलाप चयायमान बनाई राख्ने नीति बताउन सचेत गराए ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसी, राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकाय, स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्द, रेडक्रस कोभिड फोकल पर्सन सुशील न्यौपानेलगायतले कोरोना नियन्त्रणका लागि हालसम्म भएका प्रयासका बारेमा जानकारी गराएका थिए । रेडक्रस सोसाईटी जिल्ला अध्यक्ष नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रेडक्रस मन्त्री प्रकाश श्रीवन्दले गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस