तुलसीपुरमा ६० हजार बालबालिकालाई टाईफाईड खोप दिईने

दाङ । दाङमा बुधबारदेखि बालबालिकाहरुलाई टाईफाईड विरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाका सबै पालिकामा एकैसाथ खोप अभियान संचालन गर्ने भने पनि तुलसीपुरसहित ८ पालिकाले आउँदो शुक्रबारदेखि खोप अभियान सुरु हुने भएको छ । तर घोराहीको केहि वडा र गढवा गाउँपालिकामा बुधबारदेखि खोप अभियान सुरु भएको छ । यता तुलसीपुरमा बुधबार एक कार्यक्रमको आयोजना गरी आउँदो शुक्रबारदेखि खोप संचालन गर्ने बारे जानकारी गराईएको छ ।

जनस्वास्थ्य प्रर्वद्धन शाखाको आयोजनामा भएको टाईफाईडविरुद्धको नियमित खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रमा बोल्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले यो अभियान राष्ट्रिय अभियान भएकाले सफल बनाउन सवैमा अपिल गरे । अभियानमा सहभागी हुन र गराउनका लागि शिक्षक, बुद्धिजिवी, सरोकारवाला, संचारकर्मी, अभिभावक सवैमा आग्रह गरे । उनले शतप्रतिशत रुपमा यो अभियानलाई सफल बनाउन सरोकारवाला सवैको महत्वपुर्ण भुमिका रहेको बताए ।

जनस्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै उनले स्वास्थ्य, शिक्षामा धेरै ठूलो विकास गरेको बताए । तुलसीपुर क्षेत्रमा मातृशिशु मृत्युदर शुन्यमा झारेको बताए । कोभिड माहामारीको समयमा नागरिकको स्वास्थ्य सुरक्षालाई मध्येनजर गदै अस्पताल संचालन गरेको बताए । सो अवसरमा बोल्ने अन्य बक्ताहरुले निर्धक्क भएर आ–आफ्ना बालबालिकाहरुलाई खोप लगाउन आग्रह गरेका छन् ।

सो अवसरमा मेट्रो अस्पताल तुलसीपुरका प्रमुख डाक्टर प्रकाश साहु र जनस्वास्थ्य निरीक्षक बिमल केसीले प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा बाल रोग विशेषज्ञ किशोर खत्रीले अनिवार्य रुपमा बालबालिकालाई खोप लगाउन सुझाव दिए । स्वास्थ्य शाखाका विष्णु गिरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर क्षेत्रका १२७ वटा विद्यालयबाट ५० हजार बालबालिका र विद्यालय बाहिर रहेका ९ हजार गरी झन्डै ६० हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । जिल्लामा दुई लाख दुई हजार एक सय ३४ जनालाई खोप लगाउने लक्ष्य रहेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस