दाङ क्रिकेट लिगमा पुरन्धारा टस जितेर फिल्डिङ गर्दै, जित्नै पर्ने दवाव

दाङ । दाङमा जारी दाङ क्रिकेट लिगमा घोराही टाईगर्स बाहेक अरु चारवटै क्लबले शुरुवाती हारपछि जीत हासिल गर्दै गएकाले लिग समीकरण रोमाञ्चक बनेको छ । आज हुने खेलमा चारवटै क्लबले स्पष्ट जीत निकाल्दै उत्कृष्ट दुुईमा पर्ने दाउका साथ मैदानमा उत्रदैछन् । अहिले पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल्सबीच खेल भईरहेको छ ।

लगातार ३ खेलमा अपराजित हुँदै फाईनल पुगेको घोराही टाईगर्सलाई हिजो भएको खेलमा तुलसीपुर रोयल्सले २ विकेटको रोमान्चक जित निकालेपछि फाईनल यात्रा रोचक बनेको हो । घोराही १७ गुलरिया क्रिकेट रंगशालामा पुरन्धारा र तुलसीपुर रोयल्सबीचको खेल शुरु भएको छ ।
लिगको नवौ खेलमा अहिले पुरन्धारा च्यालेन्जर्सले टस जितेर फिल्डिङ गर्दैछ भने तुलसीपुर रोयल्स व्याटिङमा उत्रिएको छ । पुरन्धाराले आफ्नो पक्षमा खेलको नतिजा पार्न अनुभवी तथा युवा स्टारहरुको भरपूर उपयोग गर्दै कम स्कोरमा रोक्ने दाउमा छ ।

यस्तै आज दिउँसोका खेलमा देउखुरी वारियर्स र दंगाली लायन्स आमनेसामने हुँदैछन् । देउखुरी वारियर्स जारी लिगमा दुई जितसहित दोश्रो स्थानमा रहेपनि फाईनल पुग्न पर्याप्त छैन । उसलाई आजको खेल जित्नु पर्ने हुन्छ ।

अन्यथा, तीन वटा क्लबको ४ खेलमा २ जित र दुई हार हुने भएकाले नेट रनरेटका आधारमा फाईनल पुग्नेछ । त्यसैले जितसँगै नेट रनरेटमा पनि सुधार गर्न जरुरी रहेको छ । लिगमा घोराही टाईगर्स भने ४ खेलमा ३ मा जीत एकमा हारसहित ६ अंकका साथ पहिलो स्थानमा छ ।

पाँचवटा फ्रेन्चाईज टीम खडा गरी जिल्लामै पहिलो पटक आयोजना गरिएको लिगमा देशभरबाट अक्सन मार्फत खेलाडी किनबेच गरी लिग आयोजना गरिएको लिग संयोजक प्रदीप मजगैयाले जानकारी दिए । लिगको फाईनल खेल भोली १७ गते हुनेछ ।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस