लुम्बिनीमा दुर्गम क्षेत्रमा जाने चिकित्सकलाई अब अतिरिक्त भत्ता

दाङ । दुर्गम पहाडी जिल्लाका अस्पतालहरुमा चिकित्सक पठाउन लुम्बिनी प्रदेश सरकारले अतिरिक्त सुविधा दिने प्रस्ताव गरेको छ । लुम्बिनी प्रदेशका दुर्गम तथा पहाडी जिल्लाका अस्पतालमा चिकित्सकहरुको चरम अभाव भएपछि स्वास्थ्य, जनसङख्या तथा परिवार कल्याण मन्त्रालयले अतिरिक्त सुविधा दिएर पठाउने प्रस्ताव गरेको हो ।

त्यसका लागि मन्त्रालयले कार्यविधिको मस्यौदा तयार गरी मन्त्रिपरिषदमा स्वीकृतिको लागि पठाएको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासनका शाखा अधिकृत कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार प्रादेशिक अस्पताल तथा प्रदेशभित्र सञ्चालित मेडिकल कलेजमा कार्यरत विशेषज्ञ चिकित्सकलाई दुर्गम तथा विशेषज्ञ चिकित्सक नभएका अस्पतालमा जानका लागि आह्वान गरिनेछ ।

पहाड तथा दुर्गममा जाने चिकित्सकलाई मासिक रुपमा प्रोत्साहन भत्ता २५ हजार, यातायात खर्च १० हजार, सञ्चार सुविधा २ हजार, आवास सुविधा १० हजार, खाजारखाना तथा अतिथी सत्कार खर्च १० हजार, दुर्गम भत्ता९ रुकुम पूर्वको लागि १३ हजार, रोल्पाको लागि ८ हजार, पाल्पा, प्यूठान, अर्घाखाची, र गुल्मीको लागि ५ हजार प्रस्ताव गरिएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस