फुटसलको उपाधी तुलसीपुर नगरजेसीजलाई

दाङ । सस्थागत खसी कप फुटसल प्रतियोगीता २०७८ को उपाधी तुलसीपुर नगर जेसीजले जितेको छ । बेलुवा फुटबल क्लब तुलसीपुर ९ को आयोजनामा संचालित प्रतियोगिताको आज शनिबार सम्पन्न फाईनल खेलमा तुलसीपुर बैंकर्सलाई ५ का विरुद्ध ९ गोल अन्तरले पराजित गर्दै तुलसीपुर नगर जेसीजले उपाधी जितेको हो ।

उपाधीसँगै उसले खसी हात पारेको छ । चैत ११ गतेदेखि संचालित प्रतियोगितामा संस्थागत तर्फका ६ टिमको सहभागिता रहेको थियो । यसैबिच प्रतियोगिताको समापन समारोह खेल संयोजक मोहन गौतमको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।

सो अबसरमा बिजेता टिम तुलसीपुर नगर जेसीजका अध्यक्ष केशव केसी तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले खशी प्रदान गरेको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस