दाङमा कोरोना संक्रमण शून्य, पाँच लाख ६ हजार जनाले खोप लगाए

दाङ । दाङमा कोरोना भाइरसको संक्रमण दर शून्यमा झरेको छ । आज नयाँ थपिने संक्रमित नभएपछि जिल्लामा कोरोनाको संक्रमण दर शून्यमा झरेको हो । स्वास्थ्य कार्यालय दाङका अनुसार १२ बर्ष माथीका सबै नागरिकहरुलाई खोप दिएपछि संक्रमित हुने दर बढ्न नसकेको हो ।

बितेको ११ महिनामा १३ हजार २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो बिचमा दाङ जिल्ला भित्र र जिल्ला बाहिर दाङका करिब ४ सय जनाको कोरोना संक्रमणका कारण मृत्युभएको छ ।

अहिलेसम्म ३ सय ५० जना मृत्युभएको रेकर्ड कार्यालयमा आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए । प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत दिने भएका कारण मृत्युभएकाको परिवारले आबश्यक कागजपत्र बुझाउने क्रम जारी रहेको उनको भनाई छ ।

अहिलेसम्म ३ सय ५० जनाको विबरण तयार भएको र थप ५० जनाको प्रकृयामै रहेको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले आबश्यक कागजपत्र तयार पारिदिने र जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले मृतकका परिवारलाई केन्द्र मार्फत नै जनहि एक लाख रुपैयाँका दरले आर्थिक राहत दिदै आएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस